क्रीकपाटि , माघ १७
स्टार प्रोडक्सन कंचनपुरको आयोजनामा महेन्द्रनगरमा सर्बाधिक धनराशीको कर्पोरेट क्रीकेट प्रतियोगिता आउँदो माघ २४ गते देखी फाल्गुन १५ गतेसम्म कर्पोरेट सुपर सिक्सको आयोजन हुन लागेको छ । महेन्द्रनगरको खुलामञ्च कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको आयोजन हुने आयोजकले जानकारी दिएको छ । आयोजकले सुदुरपस्चिमका कर्पोरेट कार्यलयहरुलाई लक्षित गरेर क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ ।
खास गरेर प्रतियोगितामा कैलाली र कंचनपुर वाट २० टिम सहभागी हुने लक्ष्य रहेको प्रतियोगिता संयोजक आशिष खत्रीले बताए । सुपर सिक्स प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १०१००० ( एक लाख एक हजार) , ट्रफी र प्रमाणपत्र ,द्वितीयलाइ ५१००० ( एकाउन्न हजार) नगद , ट्रफी र प्रमाणपत्र , प्रतियोगिताको सिरिजलाई नगद १०००० ( दस हजार ), ट्रफी र प्रमाणपत्र , प्रतियोगिताका बेस्ट ब्याट्सम्यानलाई ५००० (नगद पाँच) हजार , ट्रफी र प्रमाणपत्र , प्रतियोगिताका बेस्ट बलरलाई नगद ५००० (पाँच हजार) , ट्रफी र प्रमाणपत्र साथै प्रत्येक दिन म्यान ऑफ द म्याचलाई पुरुस्कारको ब्यबस्था रहेको छ ।
स्टार प्रोडक्सनका चेयरमेन अक्ष्यत पाण्डेय भन्नुभयो । कोरोनाले गर्दा खेल अबरुद्ध भएको समयमा पुनः खेलकुदको माहौल बनाउन प्रतियोगिता संचालन हुन लागेको हो । प्रतियोगितालाई भव्य र सभ्य बनाउंन आयोजकले २ समिति समेत बनाएको छ ।