क्रीकपाटी , पौष १२
पौष११ गतेदेखि बाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला क्रीकेट प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कर्णाली प्रदेश बिरुद्द ९ विकेटको सहज जित निकाल्दै लुम्बिनी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । यो सङै लुम्बिनी प्रदेशको सेमिफाइनल यात्रा सहज भएको छ भने कर्णाली प्रदेशको अघिल्लो चरणको यात्रा टुङिएको छ ।
खराब मौसमको कारण खेल निर्धारित समयमा सुरु हुन नसक्दा खेल १३/१३ ओभरमा खेलाइएको थियो । दोस्रो दिनको पहिलो खेलमा टस जिति पहिला ब्याटिङ गरेको कर्णाली प्रदेश १३ ओभरमा ६ विकेट गुमाउदै ३४ रन बनाएको थियो । कर्णाली प्रदेशको लागि कुनै पनि ब्याट्म्यानले दोहोरो अन्क बनाउन सकेनन ।
लुम्बिनी प्रदेशको बलिङ तर्फबाट नेरि थापाले २ तथा सरिता जिसि र गिता गोसाइलले १/१ विकेट लिइन ।
३५ रनको सामान्य बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशले३.१ ओभरमा मात्रै १ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । लुम्बिनी प्रदेशको लागि नेरि थापाले सर्बाधिक ९ रनको योगदान दिइन ।
कर्णाली प्रदेशको बलिङ तर्फबाट अन्जु गुरुङले १ विकेट लिइन ।
कर्णाली प्रदेश टिम लक्ष्मी रिमाल ( कप्तान ), अन्शु शाक्य ( उप- कप्तान ), स्वेता थापा, दिक्षा पुरी लक्ष्मी पुरी , दिपा राना तृसना बिस्वकर्मा ,आयुशा टन्डन ,निशा पराजुली ,बिना गाहामगर, अन्जिला थापा क्षेत्री ,मोनिका राना ,अन्जु गुरुङ र सुजाता बोगटी
लुम्बिनी प्रदेश टिम नेरि थापा (कप्तान ), सरस्वती पुन (उपकप्तान ), गिता गोसाइ , सरस्वती बजगाइ ,सरिता जिसि , सर्मिला रोका मगर , लक्ष्मी चौधरी , मधु डिसि , कृतिका मरासिनी , सुस्मिता भुसाल , नितु भन्डारी , एलिसा केसि , बर्षा राना र सरस्वति मगर