क्रीकपाटी , पौष ११
आजबाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला क्रीकेट प्रतियोगिताको दोस्रो खेलमा कर्णाली प्रदेश बिरुद्द २०४ रनको फराकिलो जित निकाल्दै बिभागिय टिम एपिएफले बिजयी सुरुवात गरेको छ ।
टस जिति पहिला ब्याटिङ गरेको एपिएफले २० ओभरमा ४ विकेट गुमाउदै २३५ रन बनाएको थियो । एपिएफको लागिको सीता राना मगरले सर्वार्धिक ६८ , सरिता मगरले अबिजित ४४ , ज्योति पान्डेले ३२ तथा इन्दु बर्माले २२ रनको योगदान दिइन ।
कर्णाली प्रदेशको बलिङ तर्फबाट दीक्षा पुरिले २ तथा निशा पराजुली र अन्जु गुरुङले समान १/१ विकेट लिइन ।
२३६ रनको बिशल बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेशले १४.१ ओभरमा सबै विकेट गुमाउदै ३१ रनमा समेटिन पुग्यो । कर्णाली प्रदेशको लागि कुनै पनि ब्याट्म्यानको सम्झन लायक प्रदर्शन रहेन ।
एपिएफ को बलिङ तर्फबाट करुणा भन्डारीले ३.१ ओभरमा २ मेडेन राख्दै मात्रै २ रन खर्चंदै महत्त्वपूर्ण ५ विकेट लिइन यस्तै राजमती ऐरिले २ तथा सोनु खड्का र रेखा रावलले समान १/१ विकेट लिइन । खेलको म्यान अफ दि म्याच एपिएफ कि सीता राना मगर घोषित भइन
कर्णाली प्रदेश टिम लक्ष्मी रिमाल ( कप्तान ), अन्शु शाक्य ( उप- कप्तान ), स्वेता थापा, दिक्षा पुरी लक्ष्मी पुरी , दिपा राना तृसना बिस्वकर्मा ,आयुशा टन्डन ,निशा पराजुली ,बिना गाहामगर , अन्जिला थापा क्षेत्री ,मोनिका राना ,अन्जु गुरुङ र सुजाता बोगटी