आजबाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्रीनकप महिला क्रीकेट प्रतियोगिताको पहिलो खेलमा प्रदेश २ बिरुद्द ९ विकेटको जित निकाल्दै लुम्बिनी प्रदेशले बिजयी सुरुवात गरेको छ ।
टस हारी पहिला ब्याटिङ गरेको प्रदेश २ ले २० ओभरमा ७ विकेट गुमाउदै ७७ रन बनाएको थियो । प्रदेश २ को लागि अनुराधा चौधरी र साना प्रबीनले समान २१/२१ तथा बिमला मगरले १० रनको योगदान दिइन । लुम्बिनी प्रदेशको लागि बलिङ तर्फ सुस्मिता भुसालले ४ ओभरमा मात्र १० रन खर्चंदै सर्बाधिक ३ विकेट तथा नेरि थापा , गिता गोसाइ तथा स्वस्तिका बजगाइले समान १/१ विकेट लिइन ।
७८ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशले १६.१ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । लुम्बिनीको जितमा गिता गोसाइले सर्बाधिक २३ , सरस्वतीले २२ तथा नेरि थापाले १२ रनको योगदान दिइन रनको योगदान दिए
प्रदेश -२ को बलिङ तर्फबाट बाट एक मात्रै सफल बलर कबिता गौतमले १ विकेट लिइन
लुम्बिनी प्रदेश टिम नेरि थापा (कप्तान ), सरस्वती पुन (उपकप्तान ), गिता गोसाइ , सरस्वती बजगाइ ,सरिता जिसि , सर्मिला रोका मगर , लक्ष्मी चौधरी , मधु डिसि , कृतिका मरासिनी , सुस्मिता भुसाल , नितु भन्डारी , एलिसा केसि , बर्षा राना र सरस्वति मगर
प्रदेश-२ टिम
सरस्वती चौधरी (कप्तान), शोभा आले ( उपकप्तान ), उर्मिला चौधरी , सन्तोषी चौधरी , आरती चौधरी कबिता गौतम , अनुराधा चौधरी , बिमला मगर , रोजि कदारी , गोमा आले ,मेलिना रायमाझी , साना प्रबिन , नितु चौधरी र चादनी अधिकारी
( तस्बिर : क्रीकेट एसोसिएन अफ नेपाल )