क्रीकपाटी, फाल्गुन-१
अगामी फेब्रुअरी २९ देखि मार्च ७(फाल्गुन १७ देखि २४ सम्म ) सम्म थाइल्यान्डमा हुने एसिसी इस्टर्न रिजन टि ट्वान्टी क्रीकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रीकेट टिमले केही दिनमै तयारी र प्रशिक्षण सुरु गर्ने योजनामा रहेको छ। मुख्य कोच उमेश पटवालाले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट राजिनमा दिएसङै नया प्रशिक्षक नियुक्त नहुन्जेल मुख्य प्रशिक्षकको सम्पूर्ण जिम्मेवार जगत टमाटाले लिने क्यानले जनाएको छ ।
पाकिस्तानीमा हुने एसिया कप टि-ट्वान्टी क्रीकेट प्रतियोगिताको लागि लक्ष्यित दुई प्रतियोगिता इस्टर्न रिजन र वेस्टर्न रिजन बाट २/२ गरि कुल ४ टिम बिच मलेसियामा अगस्टमा हुने एसिया कप टि-ट्वान्टि फाइनल छनोटमा अन्तिम छनोट हुनेछ ।
टि ट्वान्टी एसिया कप सेप्टेम्बर २०२० मा पाकिस्तानमा हुनेछ एसियाली टेस्ट राष्ट्रहरु अफगानिस्तान,बाङ्लादेश,
भारत,पाकिस्तान र श्रीलंका सिधै छनोट भएका छन ।
एसिसी इस्टर्न रिजनको लागि प्रारम्भिक १८ राष्ट्रिय क्रीकेट टिममा ज्ञानेन्द्र मल्ल (कप्तान),पारस खड्का,दीपेन्द्र सिंह ऐरी (उप कप्तान),आरिफ शेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी,अभिनाश बोहोरा,कुशल मल्ल,पवन सरार्फ, सन्दीप जोरा,भुवन कार्की,सुसन भारी,किशोर महतो, लोकेश बम,शेर मल्ल,कमल सिंह ऐरी र रोहित कुमार पौडेल रहेका छन
प्रतियोगितामा पुर्बी एसियाली ८ टिमहरु नेपाल,भुटान, म्यान्मार,मलेसिया,थाइल्यान्ड,चीन,हङकङ र सिङापुर रहेका छन। समूह ए मा नेपालको समुहमा नेपाल सहित चीन,
थाइल्यान्ड र मलेसिया रहेका छन भने समूह बि मा म्यान्मार,हङकङ,सिङापुर र भुटान रहेका छन।
सार्बजनिक खेल तालिका अन्तगर्त नेपालले आफ्नो पहिलो खेल २९ फेब्रुअरीमा चीन सङ(फाल्गुन १७),दोस्रो खेल १ मार्चमा थाइल्यान्ड (फाल्गुन १८),तेस्रो खेल ३ मार्चमा मलेसिया (फाल्गुन २०) सङ खेल्नछ । मार्च ४ मा सेमिफाइनल खेलहरु हुनेछन एस्तै मार्च ६ मा तेस्रो र चौथो स्थान साथै फाइनल खेल हुनेछ । नेपालका सबै खेलहरु थाइल्यान्डको स्थानीय समय ९ : ३० बजेदेखि सुरु हुनेछन।