क्रीकपाटी , २५ मंसिर
प्रदेश क्रिकेट संघ २ ले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि आज बाट सुरु गरेको प्रदेश २ स्तरीय क्रीकेट प्रतियोगिताको पहिलो दिनको खेलमा धनुषा बिरुद्द महोत्तरी ७ विकेटले बिजयी भएको छ ।
टस जिति पहिला ब्याटिङ गरेको घनुषाले ५० ओभरमा ९ विकेट गुमाउदै २०९ रन बनाएको थियो ।धनुषाको लागि हरि शंकर शाहले ६७ , अमित कुस्वाहले ४४, रामरुप यादबले २७ तथा हिमान्सु दत्तले १६ रनको योगदान दिए ।
महोत्तरीको लागि मोहम्मद हुसेनले ४ , पुरज ढुङेलले ३ तथा राहुल प्रताप सिंह र निसान राउतले समान १/१ विकेट लिएका थिए ।
२१० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको महोत्तरीले ४८.३ ओभरमा मात्रै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो महोत्तरीको जितमा राजकुमार सहनिको ९३ अबिजित तथा अरुन मन्डलले ५८ रनको अबिजित पारी खेले । धनुषाका लागि दिब्यान्शु मल्लिक , मनोज यादब र विशाल सुसलिङ्गले समान १/१ विकेट लिएका थिए ।
खेलको म्यान अफ दि म्याच महोत्तरीका राजकुमार साहनी घोषित भए ।