क्रीकपाटी , २२ मङ्सिर राजबिराज
राजबिराज स्पोर्ट्स क्लबको आयोजना सप्तरी क्रीकेट संघको समन्वयमा आजबाट सप्तरी राज रंगशालामा राजबिराज क्रीकेट लिग सुरु भएको छ । राजबिराज नगरपालिका मेयर गरेको प्रतियोगिता उद्घाटन कार्यक्रमको अतिथी हरुमा उपमेयर , वडाध्यक्ष तथा राष्ट्रिय क्रीकेटर मेहबुब आलम तथा स्थानीय व्याबसाही अनबर अलि तथा रामजी यादबको उपस्थिति रहेको थियो ।
आज भएको एसियन क्रीकेट क्लब र राजबिराज स्पोर्ट्स क्लब बिचको उद्घाटन खेलमा एसियन क्रीकेट क्लब ६ रनले बिजयी भएको छ । पहिला ब्याटिङ गरेको एसियन क्रीकेट क्लबले १९.४ ओभरमा सबै विकेट गुमाउदै १३१ रन बनाएको थियो । एसियन क्रीकेट क्लबको लागि अमर यादबले ५७ तथा राहुल मन्डलले २७ रनको योगदान दिए । राजबिराज स्पोर्ट्स क्लबको बलिङ तर्फबाट राज बर्मा र दिपेश सरदारले समान ३/३ तथा आकाश यादबले २ विकेट लिए ।
१३२ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको राजबिराज स्पोर्टस क्लब २० ओभरमा ७ विकेट गुमाउदै १२५ रनमा खुम्चिएको थियो । राजबिराज स्पोर्ट्स क्लबको लागि असन जमालले ३२ , बिबेक यादबले २३ तथा कमल मन्डलले १३ रनको योगदान दिए । एसियन क्रीकेट क्लबको जितमा अभिजितले ३ तथा राकेश यादबले २ बिकेट लिए । खेलको म्यान अफ दि म्याच एसियन क्रीकेट क्लबका अमर यादव घोषित भए ।( म्यान अफ दि म्याााच राहुल यादव ) प्रतियोगिताको भोलि दोस्रो दिन रन्जितपुर क्रीकेट क्लब र सेभेन स्टार तथा दोस्रो खेल सबाल नेपाल र राजबिराज स्पोर्ट्स क्लब बिच हुने प्रतियोगिताका सम्योजक राहुल सिङले जानकारी दिनुभयो ।